सोमवार, आश्विन १९ गते २०८३

आइतबार कांग्रेसले बोलायो संसदीय दलको बैठक

शुक्रवार , माघ ११, २०८१

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आइतबार दिउँसो २ बजे संघीय संसद् भवनको ल्होत्से हलमा बैठक बस्ने भएको छ ।

माघ १८ गतेदेखि संसद् बैठक सुरु हुने भएकाले त्यसअघि आफ्नो धारण बनाउन कांग्रेसले बैठक बोलाएको हो । सरकारले केही विधेयक संसदमा पेस गर्ने तयारी गरेको छ । ती विधेयक छिटो पारित गर्ने, सरकारमा सामेल दलहरूको तयारी, सांसदमा प्रभावकारी उपस्थिति, समसामयिक लगायतका विषयमा छलफल गरिने छ ।

यसअघि माघ ३ गते कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बसेको थियो । देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकले सरकारमा सहभागी आफ्ना मन्त्रीहरूलाई प्रभावकारी काम गर्न निर्देशन दिएको थियो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार