सोमवार, आश्विन १९ गते २०८३

रास्वपाले बोलायो सचिवालय बैठक, केके छन छलफलका एजेन्डा ?

आइतवार , माघ १३, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । बैठक सोमबार बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा राखिएको छ ।

समसामयिक राजनीति र पार्टी गतिविधि, विभिन्न नियमावलीहरू र नयाँ नियमावलीहरु प्रस्तावका बारेमा छलफल गर्न रास्वपाले बैठक बोलाएको हो । बैठकमा संसदको हिउँदे अधिवेशन, सातै प्रदेशमा विशेष भेटघाट कार्यक्रम, स्वतन्त्र जनप्रतिनिधिहरूको रास्वपा आवद्धता हुने विषय, सल्लाहकार परिषद् र केन्द्रीय संगठन विभागमा मनोनयनको एजेन्डा पनि रहेको छन् ।

रास्वपाका सभापति रवि लामिछाने भने बैठकमा उपस्थित हुने नहुने अझै टुंगो लागिसकेको छैन । सहकारी ठगीको मुद्दामा रुपन्देही जिल्ला अदालतमा उनको थुनछेक बहस जारी रहेको छ । आज पनि उनी अदालतमा उपस्थित हुँदैछन् । आजै बहस सकेर रिहाइको आदेश भए उनी सोमबारको बैठकमा सहभागी हुनेछन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार