काठमाडौं । आइतबार नेपाली कांग्रेस संसदीय दलको बैठक बस्ने भएको छ । दिउँसो २ बजेदेखि सुरु हुने बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बस्दै छ ।
बैठकमा संसद्को हिउँदे अधिवेशनबारे छलफल हुने र बैठक दुई दिन चल्ने कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिएका छन् ।
घिमिरेका अनुसार आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकहरू तथा यसअघि नै प्रस्तुत भइसकेका तर, विभिन्न समितिमा छलफलको चरणमा रहेका विधेयकहरू र सरकारले ल्याएका अध्यादेशमाथि छलफल गर्ने छ ।