काठमाडौँ । संसद्को हिउँदे अधिवेशनको पहिलो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्लाई सम्बोधन गर्ने तयारी भएको छ । संसद्को हिउँदे अधिवेशन आगामी माघ १८ गतेका लागि बोलाइएको छ ।
उक्त दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले बताएका छन् । उनले भने, ‘प्रधानमन्त्रीले पहिलो दिन संसद्मा सम्बोधन गर्नुहुनेछ । बर्तौलाले आजै प्रधानमन्त्रीलाई भेटेका थिए । भेटमा प्रधानमन्त्रीले सम्बोधन गर्नेबताएका र यहि कुरा सभामुखलाई आफूले सुनाएको बर्तौलाले जानकारी दिए ।, अर्को बैठकमा के गर्ने भन्ने निर्णय हुन्छ ।
हिउँदे अधिवेशनबारे सभामुख देवराज घिमिरेले आज सत्तापक्षका प्रमुख सचेतकहरूसँग छलफल गरिसकेका छन् । त्यस्तै, उनले आज नै प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतकसँग पनि छलफल गर्नेछन् ।