काठमाडौं । सत्तारुढ दलहरूको बैठक आज बस्दै छ । अध्यादेशमा एकै स्वर बनाउन प्रधानमन्त्री ओलीले आज साँझ ५ बजे बालुवाटारमा बस्नेगरि सत्तारुढ दलको बैठक बोलाउका हुन् । संसद्को हिउँदे अधिवेशन यही माघ १८ गतेदेखि सुरु हुने भएको छ ।
माघ १८ गते सुरु हुने बैठकमा हिउँदे अधिवेशन, संसदमा पेस गरिने विधेयक र सरकारका काम कारबाहीका बारेमा छलफल हुने छ । सत्तापक्षमा नेकपा एमाले, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टी रहेका छन् ।
तर, सरकारले ल्याएको अध्यादेशको पक्षमा उभिन कांग्रेस र एमालेले आफ्ना सांसदहरूलाई निर्देशन दिएका छन भने, अन्य दलहरु अध्यादेश ल्याएकोमा खुशी छैनन् । यही कुरा बुझेका ओलीले साना दललाई पनि विश्वासमा लिन बैठक राखेका स्रोतले बताएका छन् ।