सोमवार, आश्विन १९ गते २०८३

प्रमुख ५ राष्ट्रिय दलका सचेतकहरूसँग छलफल गर्दै सभामुख

सोमवार , माघ १४, २०८१

काठमाडौं । सभामुख देवराज घिमिरेले शुक्रबारबाट सुरू हुने संसदको हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउनको लागि छलफललाई तीव्रता दिएका छन् ।

हिजो सत्ता र प्रतिपक्ष दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका उनले आज प्रमुख ५ राष्ट्रिय दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग छलफल राखेका हुन् ।

जारी बैठकमा एमालेका मुख्य सचेतक महेश बर्तौला, कांग्रेसमा प्रमुख सचेतक श्याम घिमिरे, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे र रास्वपाकी सचेतक निशा डाँगीलगायत सहभागी भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार