सोमवार, आश्विन १९ गते २०८३

मंगलबार मन्त्रिपरिषद् बैठक बस्दै

मंगलवार , माघ १५, २०८१

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।

बैठकमा सरकारको कामकारबाहीको समीक्षाका साथै मन्त्रालयगत एजेण्डाबारे छलफल हुने बताइएको छ । यही माघ १८ गतेदेखि सुरु हुन लागेको संसदको हिउँदे अधिवेशनबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।

सरकारले संसद सुरु हुनुअघि ल्याइएका अध्यादेशलाई प्रतिस्थापन गर्न विधेयक पेश गर्ने तयारी गरेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार