सोमवार, आश्विन १९ गते २०८३

तेस्रो पटक पनि स्थगित राज्य व्यवस्था समितिको बैठक

मंगलवार , माघ १५, २०८१

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक लगातार तेस्रोपटक पनि स्थगित भएको छ ।

माघ ९ गतेका लागि तय भएको बैठक संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता उपस्थित हुन नसक्ने कारण देखाएर स्थगित भएको थियो । त्यसपछि हिजो र आजका लागि तय भएका दुवै बैठक पनि स्थगित भएका छन् ।

संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि दफावार गर्ने गरी बोलाएका पछिल्ला तीन वटा बैठक लगातार स्थगित भएका हुन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार