सोमवार, आश्विन १९ गते २०८३

संसदीय समितिमा मन्त्री पुगे, सांसद किन पुगेनन् ?

बुधवार , माघ १६, २०८१

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठक कोरम नपुगेपछि स्थगित भएको छ । आज बिहान ११ः३० बजे बोलाइएको बैठकमा सांसदहरूको गणपुरक संख्या नपुगेपछि स्थगित गरिएको हो । बिहान साढे ११ बजे बोलाइएको बैठकमा १ घण्टासम्म पनि जम्मा १२ जना सांसद मात्रै उपस्थित भएपछि स्थगित गरिएको हो ।

आजको बैठकमा ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयसँग समितिमा प्राप्त उजुरीबारे छलफल गर्ने कार्यसूची थियो । छलफलका लागि ऊर्जामन्त्री दिपक खड्का र राज्यमन्त्री पूर्णबहादुर तामाङ पनि कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाकक्षमा पुगेका थिए ।

यद्यपि सांसदहरूको कोरम नपुगेपछि ऊर्जामन्त्री र राज्यमन्त्री फर्किएका हुन् । समितिको बैठकका लागि ५१ प्रतिशत सांसदको उपस्थिति अनिवार्य हुनुपर्छ । हाल २५ सदस्यीय रहेको समितिमा गणपुरक संख्या पुग्न १४ जना सांसद्को उपस्थिति आवश्यक पर्छ ।

बैठकमा सहभागी हुन एमालेबाट ५, कांग्रेसबाट १, माओवादी केन्द्रबाट १, राप्रपाबाट २ र जसपाबाट १ सांसद बैठकक्षमा पुगेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार