काठमाडौं । सहिद दिवसको अवसरमा काठमाडौँ महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित भई सहिदहरूप्रति श्रद्धा प्रकट गरेका छन् ।
काठमाडौँको लैनचौरस्थित सहिद स्मारक र सहिदगेट पुगेर प्रधानमन्त्री ओलीले सहिदहरूको शालिकमा फूल चढाउँदै श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।
उक्त कार्यक्रममा उपप्रधानमन्त्री विष्णु पौडेल, उपसभामुख इन्दरा राना, मन्त्रीहरू, विभिन्न राजनीतिक दलका नेता तथा सांसद, सरकारी उच्च तहका कर्मचारी, सुरक्षा अङ्गका प्रमुख, काठमाडौँ महानगरपालिकाकी उपप्रमुखलगायत उपस्थित भएका थिए ।