काठमाडौं । मधेश केन्द्रित आठ दलको वार्ता समिति सदस्यहरुको बैठक आज बस्ने भएको छ । काठमाडौँको सिंहदरबारस्थित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको हलमा दिउँसो २ बजे बैठक बोलाइएको जनता समाजवादी पार्टी नेपालका एक नेताले जानकारी दिएका छन् ।
मोर्चा बनाउने तयारीमा जुटेका मधेश केन्द्रित राजनीतिक दलहरूले यसअघि आठ सदस्यीय कार्यदल बनाउने निर्णय गरेका हुन् । उक्त निर्णयअनुसार आजसम्म दलहरुले कार्यदल सदस्यहरुको नाम पठाइसक्नुपर्नेछ । आजको बैठकमा कार्यदलका सदस्य टुंग्याउने र मोर्चाको अवधारणा, एजेन्डा र मोडल तय गर्ने नेताहरुले बताएका छन् ।
नागरिक उन्मुक्ति, जनमत, लोसपा, जसपा, जसपा नेपाल, राष्ट्रिय मुक्ति पार्टी नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी र जनता प्रगतीशील पार्टीले मोर्चा बनाउने तयारी गरेका छन् ।