काठमाडौं । गएराति ओखलढुंगाको हर्कपुरमा टाटासुमो दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका-७ स्थित सिद्धिचरण राजमार्गमा टाटासुमो दुर्घटना भएको हो ।
बिरामी बोकेर खोटाङको दिक्तेलबाट काठमाडौंतर्फ जाँदै गरेको सुमो दुर्घटनामा परेको हो । ओखलढुंगाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मनिष लुइँटेलका अनुसार दुर्घटनामा परेर आमाछोरासहित तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा पुजन गुरुङ र आफन्त ४५ वर्षीय तारा गुरुङ रहेका छन् ।
प्रहरीका अनुसार मायादेवीले छोरा पुजन बिरामी भएपछि आफन्त तारालाई साथ लिएर खोटाङबाट काठमाडौं जाँदै गरेको अवस्थामा सुमो दुर्घटनामा परेको बताएका छन् । प्रहरीले घटनाबारे थप विवरण संकलन भइरहेको बताएका छन् ।