मंगलवार, आश्विन १३ गते २०८३

महिला टी-२०आई श्रृंखला : नेदरल्याण्ड्सले दियो नेपाललाई १ सय ५८ रनको टारगेट

बिहिवार , माघ १७, २०८१

काठमाडौं । काठमाडौंमा आजदेखि सुरू भएको नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी-२०आई श्रृंखलाको पहिलो खेलमा नेपाल र नेदरल्याण्ड्स खेल्दै छन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेल जित्न नेपालले १५८ रनको लक्ष्य पाएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ४ विकेट गुमाएर १५७ रन बनाएको छ । नेदरल्याण्ड्सका लागि रोबिन रिकेले अविजित अर्धशतकीय पारी खेलिन् । उनले ४८ बलमा ८ चौकासहित ५९ रन बनाइन् । त्यस्तै आइरिस विलिङले १३ बलमा ३१ रन बनाइन् । नेपालका लागि कविता कुँवर, पुजा महतो, सिता राना मगर र ईश्वरी विष्टले एक-एक विकेट लिएका छन् ।

नेपालले महिला टी-२०आईमा पूरा गरेको सबैभन्दा ठुलो लक्ष्य ११६ रन रहेको छन् । यस श्रृंखलामा सबै टोलीले एक अर्कासँग ३-३ खेल खेल्ने छन् । नेपालले दोस्रो खेल शनिबार थाइल्याण्डसँग खेल्ने छ । माघ २० मा नेदरल्याण्ड्स, माघ २२ मा थाइल्याण्ड, माघ २३ मा नेदरल्याण्ड्स र माघ २५ मा थाइल्याण्डसँग खेल्ने छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार