सोमवार, आश्विन १९ गते २०८३

युवा ऊर्जा सही ठाउँमा प्रयोग भए सिंगो देशको मुहार फेरिन्छ : प्रचण्ड

बिहिवार , माघ १७, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युवाहरूको ऊर्जा सही ढंगले अग्रगामी रुपान्तरणमा प्रयोग हुनुपर्ने बताएका छन् । उनले युवा ऊर्जा सही ठाउँमा प्रयोग भए पार्टी, समाज र सिंगो देशको मुहार फेरिने बताएका छन् ।

अखिल (क्रान्तिकारी)का नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई दिन बिहीबार खुमलटारस्थित निवासमा आयोजित कार्यक्रममा प्रचण्डले युवा ऊर्जालाई समाजको रुपान्तरण र शैक्षिक मुद्दामा लगाउन आग्रह गरेका छन् । विगतदेखि नै युवाहरू शैक्षिक र राजनीतिक आन्दोलनको अगुवाइ भएको भन्दै उनले नवनिर्वाचित टिमले त्यही दिशामा काम गर्ने विश्वास व्यक्त गरेका छन् ।

‘आन्तरिक लोकतन्त्रको अभ्यासमार्फत निर्वाचित युवाको ऊर्जा नेपाली समाजको अग्रगामी रुपान्तरणका लागि शैक्षिक आन्दोलनको अगुवाइ र राजनीतिक आन्दोलनको सेवा गर्न सही ढङ्गले प्रयोग हुने विश्वास लिएको छु, ।’ उनले युवाहरूलाई देश विकास, समाज रूपान्तरण र सुशासनका पक्षमा लाग्न तथा गलत कृयालापविरूद्ध उत्रिन अपिल गरेका छन् ।

माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा विजयप्रकाश सापकोटा, महासचिवमा रोशन थापा मगर, कोषाध्यक्ष फुलमाया राना मगरसहितको केन्द्रीय समिति निर्वाचित भएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार