बुधवार, आश्विन १४ गते २०८३

अमेरिकी विमान दुर्घटना हुँदा ६७ जनामध्ये ४० भन्दा बढीको शव फेला

शुक्रवार , माघ १८, २०८१

काठमाडौं । अमेरिकामा बुधबार राति विमान र हेलिकप्टर एक आपसमा ठोकिएर नदीमा खसेको जारी खोजी रोकिएको छ ।

विमानका ६४ र सैन्य हेलिकप्टरका ३ गरी दुर्घटनामा परेका ६७ जनामध्ये अहिलेसम्म ४० भन्दा बढीको शव फेला परेका छन् । विमान खसेको पोटोम्याक नदीको पानी अत्यन्तै चिसो भएकाले उद्धार तथा खोजीमा कठिनाइ भइरहेको समाचार आइरहेका बेला उद्धार टोलीले ‘खतरनाक अवस्थाका कारण’ काम रोकेका हुन् ।

उक्त घटनामा गोताखोरहरूले सुरक्षित रूपमा पुग्न सकिने सबै ठाउँमा खोजी गरिसकेका छन् । नदीमा दुर्घटनाग्रस्त विमानका भग्नावशेष हटाइएपछि र अवस्था सुरक्षित भएपछि पुनः काम सुरु गर्ने भनिएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार