काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठकमा संघीय संसदको आगामी निर्वाचन स्थानीय तहको निर्वाचनभन्दा पहिला गर्न माग गरेका छन् ।
आज संसद् भवनस्थित ल्होत्से हलमा बसेको काँग्रेसको संसदीय दलको बैठकमा सांसदहरूले आगमी संघको निर्वाचन स्थानीय तहको निर्वाचन भन्दा पहिला गर्नेगरी आवश्यक व्यवस्था मिलाउन माग गरेका हुन् । बैठकपछि प्रमुख सचेतक श्यामकुमार घिमिरेले स्थानीय तहको निर्वाचनभन्दा अगाडि आम निार्वचन गर्ने व्यवस्था मिलाउन सांसदहरूले जोडदार माग गरेको बताएका छन् ।
नेपाली काँग्रेसको संसदीय दलको बैठक आज सक्नेगरी बोलाइएको थियो । तर बोल्ने वक्ताहरूको क्रम लामो भएकाले आज पनि बैठक सकिएन् । सांसदहरूको बोल्ने क्रम सकिएको छ । अब मन्त्रीहरू, पदाधिकारीहरू र नेताहरूले बोल्ने क्रम बाँकी रहेको छ । उक्त संसदको बैठक २४ गते हुन्छ । त्यही दिन बिहान साढे ८ बजेदेखि बस्नेगरी बैठकलाई स्थगन गरिएको हो ।
अध्यादेशको विषयमा मान्य सदस्यहरूले कुरा उठाउनुभएको छ । आफ्नो क्षेत्र विकासनिर्माणका कुराहरू उठाउनुभएको छ । सम्बन्धित जिल्लाका मान्य सदस्यहरूले पाथीभराको केबलकारका विषयमा जुन किसिमको द्वन्द्व भइरहेको छ । त्यसमा पनि प्रश्न उठाउनु भएको छ ।
उनले आज सांसदहरूले बोल्ने क्रम सकिएको तर मन्त्री र पार्टीका पदाधिकारीहरूले बोल्न बाँकी रहेकाले २४ गते पुनः संसदीय दलको बैठक बस्ने जानकारी दिएका छन् । बैठकमा सांसदहरूले सरकारले ल्याएको अध्यादेश, आफ्नो क्षेत्र विकासनिर्माणका कुराहरू पनि उठाएको थियो ।