सोमवार, आश्विन १९ गते २०८३

रास्वपाको बहिष्कारका बाबजुद सभामुखले अघि बढाए बैठक

शुक्रवार , माघ १८, २०८१

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिपक्षी दल रास्वपाको बहिस्कारको बीच संसद बैठक अघि बढाएका छन् ।

बैठक सुरु हुने बित्तिकै रास्वपाका सांसदले उठेर अवरोध गरेपछि सभामुख घिमिरेले पटकपटक सांसदहरूलाई आआफ्नो स्थानमा बस्न आग्रह गरेका थिए । रास्वपा सांसदहरूले अवरोध जारी राखेपछि सभामुखले बैठक अघि बढाएका हुन् ।

सभामुख घिमिरेले दलगत रुपमा धारणा राख्न समय दिने भन्दै बस्न आग्रह गरिरहेका थिए । तर रास्वपा सांसदहरु यथास्थानमा उभिरहेका थिए । पछि उनीहरु १५ मिनेटका लागि भन्दै संसद बैठक कक्षबाट बाहिरिएका थिए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार