सोमवार, आश्विन १९ गते २०८३

सरकारको मूल्यांकन गर्दा ६ महिनाको समय पर्याप्त हुँदैन : देउवा

शुक्रवार , माघ १८, २०८१

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापतिसमेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठन भएको ६ महिनामै कामको मूल्यांकन गर्नु राम्रो नहुने बताएका छन् । आजबाट सुरु भएको संघीय संसद्को हिउँदे अधिवेशनको पहिलो दिन प्रतिनिधिसभामा बोल्ने क्रममा उनले यस्तो भनेका हुन् ।

‘सरकार सकारात्मक रुपले अघि बढेको छ । आगामी दिनमा पनि राम्रो काम गर्दै जानेछ भन्ने मैले विश्वास लिएको छु,’ देउवाले भने, ‘कुनै पनि सरकारको समग्र मूल्यांकन गर्न ६ महिनाको समय पर्याप्त हुँदैन । सरकारले यो अवधिमा गरेका काम राम्रा छन् । त्यसैले भविष्यमा असल परिणाम देखिने मैले अनुभव र अनुभूति गरेको छु ।’

उनले नेकपा एमाले र कांग्रेसबीच भएका ७ बुँदे कार्यान्वयन हुनेमा आफू विश्वस्त भएको पनि बताएका छन् । उनले भने, ‘सहमति कार्यान्वयन हुनेछ । अन्य राजनीतिक दलको पनि निरन्तर सहयोग पुग्नेछ भन्ने मैले विश्वास लिएको छु, ।’ 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार