मंगलवार, आश्विन २७ गते २०८३

अरुण पूर्वका केही जिल्लाहरुमा बन्दको प्रभाव सामान्य

आइतवार , माघ २०, २०८१

काठमाडौं । पाथिभरामा केबलकार निर्माणको विरोधमा पहिचान पक्षले आह्वान गरेको बन्दको प्रभाव सामान्य देखिएको छ । मुकुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले आइतबार र सोमबार अरुणपूर्वका ९ जिल्लामा आह्वान गरेको बन्दको पहिलो दिन सामान्य प्रभाव देखिएको हो ।

प्रहरीका अनुसार आइतबार बिहान राजमार्गमा यात्रुबाहक सवारी साधन चलेका छैनन् । कोशी प्रदेश प्रहरी कार्यालय स्रोतका अनुसार बन्दको प्रभाव ताप्लेजुङमा छ । अन्य जिल्लामा भने बन्दको प्रभाव सामान्य  मात्र देखिएको छ । केही ठाउँमा बन्दकर्ता सडकमा निस्किएका छन् । यातायातका साधन केही मात्रामा चलेका छन् ।’

पूर्वपश्चिम राजमार्ग र मेची राजमार्गमा बन्दको प्रभाव बढी रहेको छ । दुवै सडकमा यात्रुबाहक बस चलेका छैनन् । ठूला चोकहरूमा बन्दकर्ताहरु भेला भएका छन् । केबलकार निर्माणको निर्णय खारेज हुनुपर्ने, आन्दोलनका क्रममा पक्राउ परेका नेता कार्यकर्ता छाड्नुपर्ने, मुकुम्लुङमा गोली चलेको घटनाको न्यायीक छानविन गर्नुपर्ने, काफ्ले पार्टीबाट सुरक्षा फौज फिर्ता गर्नुपर्नेलगायत माग राख्दै अरुणपूर्वका झापा, मोरङ, सुनसरी, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ, इलाम र पाँचथर नौं जिल्लामा बन्दको आह्वान गरेको थियो ।

केही दिन अगाडि पाथिभरा क्षेत्रको बलुडाँडामा प्रहरी र आन्दोलनरत पक्षबीच झडप भएको थियो । झडपमा २१ प्रहरीसहित २६ जना घाइते भएका थिए । झडपमा २ जनालाई प्रहरीले चलाएको गोली लागेको थियो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार