काठमाडौं । महोत्तरीमा एक महिलाको विभत्स हत्या भएको छ । महोत्तरीको गौशाला नगरपालिका वडा नं–८ का अभिषेक यादवका श्रीमती १९ वर्षीया खुश्बु यादवको धारिलो हतियार प्रहार गरेर हत्या गरिएको हो ।
महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल जैसवारका अनुसार हत्या भएको अवस्थामा खुश्बुको शव गौशाला नगरपालिका वडा नं–५ मा विद्युत् प्राधिकरण कार्यालयको ५ सय मिटर उत्तर खेतमा फेला परेको हो ।
राति घरबाट निस्केकी खुश्बुको शव आइतबार बिहान धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा फेला परेको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीले घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।