सोमवार, श्रावण २५ गते २०८३

३ लाख घुससहित पक्राउ परेका शाखा अधिकृत धनेश्वर प्रसाईविरुद्ध मुद्दा दायर

आइतवार , माघ २०, २०८१

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ लाख घुससहित पक्राउ परेका राष्ट्रिय किताबखाना (शिक्षक) छाउनी, काठमाडौंमा कार्यरत शाखा अधिकृत धनेश्वर प्रसाईविरुद्ध मुद्दा दायर गरेको छ । पेन्सनपट्टा बनाइने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेपछि उनी रंगेहात पक्राउ परेका थिए ।

अनुसन्धानको सिलसिलामा उनले कार्यालय सहयोगी भवानी अधिकारी र बिचौलिया सुदर्शन न्यौपानेसमेतको मिलोमतोमा सेवाग्राहीको नियमानुसार पेन्सनपट्टा  बनाइदिनका लागि बिभिन्न बहाना बनाई ३ लाख घुस लिएको पुष्टि भएको अनुसन्धान आयोग स्रोतले जनाएको छ ।

प्रसाई र कार्यालय सहयोगी अधिकारी र बिचौलिया न्यौपानेसमेतविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार कैद र बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालतमा मुद्दा दायर गरिएको छ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार