सोमवार, आश्विन १९ गते २०८३

खुमलटारमा माओवादी पदाधिकारी बैठक सुरु

सोमवार , माघ २१, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा सुरु भएको छ । प्रचण्डको सचिवालय स्रोतका अनुसार नेताहरुको कार्यविभाजन र पार्टीले सुरु गर्न लागेको अभियानको कार्ययोजना बनाउनेबारे बैठकमा छलफल गरिने छ ।

स्रतका अनुसार पार्टीका सबै नेताहरुको कार्यविभाजन गर्ने र अभियानको कार्ययोजना निर्माणबारे छलफल गर्ने बैठकको एजेन्डा रहेको छ ।’ गत पुस २१–२३ गतेसम्म बसेको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले नेताहरुको कार्यविभाजन गर्ने निर्णय गरेको थियो । त्यसलाई टुंग्याउने जिम्मा प्रचण्डलाई दिएको थियो ।

यसअघि पनि कार्यविभाजनबारे छलफल भए पनि टुंगिएको थिएन । विशेषगरी पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टीमा जिम्मेवारी दिनेबारे नेताहरूबीच सहमति हुन सकेको छैन । त्यसैगरी माओवादी केन्द्रले फागुनबाट हुलाकी राजमार्ग केन्द्रित अभियान संचालन गर्दैछ । त्यसको कार्ययोजना समेत बैठकबाट बनाइनेछ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार