सोमवार, आश्विन १९ गते २०८३

झिंगाको संगत गर्यो भने फोहरको डंगुरमा पुगिन्छ, मौरीको संगत गर्नुहोस् : प्रधानमन्त्री ओली

सोमवार , माघ २१, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कहिल्यै पनि गलत बाटोमा नहिड्न युवाहरूलाई आग्रह गरेका छन् । आज काठमाडौंको बुढानीलकण्ठस्थित इम्पेरियल कलेजमा आयोजित युवासँगको अन्तक्रियालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले झिंगाको संगत गर्दा फोहोरको डंगुरमा पुगिने र मौरीको संगत गर्दा फूलबारीमा पुगिने कुराको सधैं हेक्का राख्नुपर्ने बताएका छन् ।

उनले भने,  ‘गलत संगतमा कहिल्यै नजानुस् । गलत ठिक छैन भन्नेबित्तिकै छाडिदिनुस् । मैले भन्ने गरेको छु मौरीको साथ लाएर हिँड्यो भने फूलबारीमा पुगिन्छ, ।’ ‘झिंगाको साथ लाएर उड्यो भने त्यसले फोहोरको डंगुरमा पुर्‍याउँछ । त्यसकारण फोहोरको डंगुरमा झिंगाको साथ लाएर जान हुँदैन । पहिले हामीले छुट्याउनुपर्छ, मह जम्मा गर्ने कि किटाणु जम्मा गर्ने भनेर ।’ प्रधानमन्त्री ओलीले जुनसुकै काम गर्दा पनि आफूले ठिक गरिरहेको छु वा छैन भन्नेकुरा ध्यान दिनुपर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले काम सुरु गर्दा नै त्यसको परीक्षण गर्नुपर्ने बताउँदै यदी त्यो काम ठिक छैन भने तुरुन्तै छाडिदिन युवाहरूलाई आग्रह गरेका छन् । ‘अहिले म पनि हरेक काम गर्दा ठिक काम त गरिरहेको छु कि छैन भनेर टेस्ट गरिराको हुन्छु । यदी ठिक छैन भने तुरुन्तै छाडिदिन्छु, ।’ उनले भने, ‘यो मैले ठिक काम गरिरहेको छैन जस्तो लाग्यो भने छाडिदिनुस् । ठिक छ भने निरन्तरता दिनुस् । अहिले मैले यो काम गर्न हुने हो या होइन भनेर छुट्याउनुस् ।’

फरक प्रसंगमा प्रधानमन्त्री ओलीले जीवन अनन्त नबाँचिने उल्लेख गर्दै हरेक समय मूल्यवान हुने बताएका छन् । उनले भने,  ‘जीन्दगी अनन्त बाँचिने होइन । त्यसकारण हाम्रो जीवनको हरेक समय मूल्यवान छ, ।’ 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार