मंगलवार, आश्विन २७ गते २०८३

नवलपरासीको जय कालिका ट्रेडिङ सप्लायर्समा आगलागी

मंगलवार , माघ २२, २०८१

काठमाडौं । नवलपरासीको एक सप्लायर्समा आगलागी भएको छ । नवलपरासी सुनवल नगरपालिका-१२ भुमहीस्थित जय कालिका ट्रेडिङ सप्लायर्समा आगलागी भएको हो ।

गएराति करिब साढे १ बजेतिर लागेको आगो आज बिहान ३ बजेतिर नियन्त्रणमा लिइएको थियो । लेखनाथ खरेलले सञ्चालन गरेको सप्लायर्समा गाडीका टायर, मोबिल, ब्याट्री लगायतका सामान थिए । ती सामानहरु जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीको कारण नखुलेको र क्षतिको विवरण पनि आउन बाँकी छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिम स्रोतका अनुसार  ‘मुचुल्का उठाउने क्रम जारी छ, क्षतिको विवरण नखुलेको जनाएका छन् । दमकलको सहयोगमा सशस्त्र, नेपाल प्रहरी र स्थानीयबासीले आगो नियन्त्रणमा लिएका थिए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार