मंगलवार, आश्विन २७ गते २०८३

स्याङ्जामा स्कार्पिओ गाडी पल्टिँदा पाँचजना घाइते

मंगलवार , माघ २२, २०८१

काठमाडौं । स्याङजामा स्कार्पिओ गाडी दुर्घटनामा परेको छ । दुर्घटना हुँदा गाडीमा ८ जना सवार मध्ये पाँचजना घाइते भएका जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

स्याङ्जा जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार मंगलबार बिहान वालिङ नगरपालिका-१४ तमादीस्थित वालिङ पर्वत कच्ची सडक खण्डमा वालिङबाट सिरबानीतर्फ जाँदै गरेको ग.१ च. ८९१३ नम्बरको स्कार्पियो गाडी दुर्घटनामा परेको बताएका छन् ।

गाडी सडकबाट करिब ४ मिटर तल खरेर दुर्घटनामा परेको हो । घाइते पाँचजनाको प्राथामिक स्वाथ्य्य केन्द्र वालिङमा उपचार भइरहेको प्रहरी स्रोतले जनाएको छ । गाडीमा सवार तीनजना भने सकुसल रहेका छन् । दुर्घटनाको कारण खुलेको छैन । 

दुर्घटनामा घाइते हुनेमा पर्वतको पैयुँ गाउँपालिका-६ हुवासकी ३३ वर्षीया कुमाकला तिवारी, उनका छोरा ११ वर्षीय कमल तिवारी, स्याङ्जाको वालिङ-१४ घर भएका ६३ वर्षीय उमापति डुम्रे, सोही ठाउँका ५२ वर्षीय भिमप्रसाद डुम्रे र ७८ वर्षीय कोषकान्त डुम्रे रहेका छन् । प्रहरीका अनुसार उनीहरु सबै खतरामुक्त रहेका छन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार