सोमवार, आश्विन १९ गते २०८३

चितवन जिल्ला अदालतमा लामिछानेको बयान सकियो, थुनछेक बहस पनि आजैबाट

बुधवार , माघ २३, २०८१

काठमाडौं । चितवन जिल्ला अदालतमा साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम ठगी गरेको अभियोग लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सकिएको छ । लामिछानेको आजै थुनछेक बहस सुरु गर्ने तयारी भएको चितवन जिल्ला अदालत स्रोतले जनाएको छ ।

चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलास नं. २ मा लामिछानेको बयान चलेको थियो । थुनछेक बहसका लागि लामिछानको तर्फबाट बहस गर्ने अधिवक्ताहरुले आफ्नो नाम दर्ता गराइ सकेका छन् । लामिछानेको पक्षबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, अधिवक्ता सुवर्ण सापकोटा, सञ्जय गोले, चुडामणि सापकोटा, नारायणदत्त कँडेल, रामचन्द्र देवकोटाले वकालतनामा दर्ता गराइ सकेका छन् ।

सहकारी पीडितको तर्फबाट अधिवक्ताहरू राजकुमार श्रेष्ठ, रमेश काफ्ले, सुनिता अधिकारी र शम्भु बर्तौलाले बहस गर्नेछन् । सरकारी वकिलका तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपानेसहित सरकारी वकिलहरू बुद्धबहादुर थापा, अमृत सुवेदीले बहस गर्नेछन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार