सोमवार, आश्विन १९ गते २०८३

जसपा नेपालसँग कुरा मिलिसक्यो, अध्यादेश स्वीकृत हुन्छ : नेपाली कांग्रेस

बिहिवार , माघ २४, २०८१

काठमाडौं । नेपाली कांग्रेसले जसपाको समेत समर्थनमा संसदबाट अध्यादेश स्वीकृत हुने बताएको छ । सदन बस्नुअघि बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक श्याम घिमिरेले जसपा नेपालसँग कुरा मिलिसकेको र जसपा नेपालको समर्थनमा अध्यादेश स्वीकृत हुने बताएका छन् ।

‘५१ वटा अस्वीकारका सूचना छन् । ती अस्वीकार गरिनेछ र अध्यादेश स्वतः स्वीकृत हुन्छ, ।’ उनले भने, ‘प्रतिनिधिसभामा केही समस्या छैन, राष्ट्रियसभामा केही समस्याजस्तो देखियो तर अहिले कुरा मिलिसक्यो । समर्थन गर्छ । हिजो पनि प्रधानमन्त्रीलाई भोट हालेको पार्टी हो । अहिले सत्तापक्षकै बेञ्चमा बसेको छ ।’

उनले जसपा नेपाल अझै सत्तापक्षमा बसिरहेकाले अध्यादेशको पक्षमा मतदान गर्ने दाबी समेत गरेका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार