सोमवार, आश्विन १९ गते २०८३

चितवनमा लामिछानेको थुनछेक बहस सकियो, आदेश आजै आउने

बिहिवार , माघ २४, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस सकिएको छ । चितवन जिल्ला अदालतमा न्यायाधीश दयाराम ढकालको इजलासमा भएको थुनछेक बहस सकिएको हो ।

थुनछेक बहससँगै जवाफी बहस पनि सकिएको छ । लगत्तै यस मुद्दामा आदेश जारी हुनेछ । साहारा चितवन सहकारीको ठगी प्रकरणमा बयान दिन लामिछाने हिजो अदालत उपस्थित भएका थिए । उनको थुनछेक बहस नसकिएपछि प्रहरीको जिम्मा लगाइएको थियो ।

सरकारी वकिल कार्यालयको तर्फबाट जिल्ला न्यायाधिवक्ताहरू बारा जिल्लाबाट शम्भु कुमार बस्नेत, पर्सा जिल्लाबाट भोलानाथ निरौला र धादिङ्ग जिल्लाबाट दशरथ पंगेनीले बहस गरेका हुन् । जाहेरवालाहरुको तर्फबाट वरिष्ठ अधिवक्ताद्वय दिनेश त्रिपाठीसहित राजकुमार श्रेष्ठ र अधिवक्ताहरू रामचन्द्र गौतम, सुनिता अधिकारी र सुरेन्द्र भण्डारीले बहस गरेका थिए ।

प्रतिवादी लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता सुशिल कुमार पन्तले बहस गरेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार