काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजको अन्तिम खेलमा नेपाली महिला टोलीले थाइल्यान्डविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ । १२ बजेबाट सुरु भएको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो ।
नेपालले १६ ओभरको खेल सकिँदा ७ विकेटको क्षतिमा ६० रन बनाएको छ । नेपालले यसअघिका ५ वटै खेलमा पराजित भइसकेको छ । थाइल्यान्ड ४ खेलमा जित र एक खेलमा पराजित भएको छ । नेपाल उपाधि होडबाट बाहिरिँदा थाइल्यान्ड सबैभन्दा बलियो देखिएको छ ।
नेपाल नेदरल्यान्ड्ससँग तीनै खेलमा पराजित हुँदा थाइल्यान्डसँग दुई खेलमा पराजित भएको हो । यसअघि नेपाल पहिलो खेलमा ४ विकेटले र दोस्रो खेलमा ५ रनले पराजित भएको छ ।