बिहिवार, आश्विन १५ गते २०८३

एकसय रुपैयाँले बढ्यो सुनको मूल्य

आइतवार , माघ २७, २०८१

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य एकसय रुपैयाँले वृद्धि भएको छ । शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा रु एकसय रुपैयाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक लाख ६८ हजार दुईसय रुपैयाँ कायम भएको छ । गत साताका तीन दिनमा पाँच हजार सातसय रुपैयाँ बढेको सुनको मूल्यमा शुक्रबार प्रतितोला चारसय रुपैयाँले घटेको थियो ।

शुक्रबार सुन तोलाको एक लाख ६८ हजार एकसय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य भने आज प्रतितोला १५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार नौसय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार