सोमवार, आश्विन १९ गते २०८३

संसदभित्रै माओवादीको नारा : महान् जनयुद्ध जिन्दाबाद !

सोमवार , माघ २८, २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्धलाई हिंसा भनेर आलोचना खेपिरहेका बेला नेकपा माओवादी केन्द्रका सांसदले प्रतिनिधि सभा बैठकमा जनयुद्धको पक्षमा नारा लगाएकी छिन् ।

सोमबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद ज्ञानु बस्नेत सुवेदीले ‘जनयुद्ध जिन्दाबाद’ भन्दै नारा लगाएकी हुन् । साथै उनले प्रधानमन्त्री ओलीले जनयुद्धलाई हिंसा भनेर पश्चगामी बहस सुरु गरेको पनि बताइन् । 

‘जनयुद्ध दिवस आउन ३ दिन बाँकी रहेको समयमा प्रधानमन्त्रीबाट बिनाप्रसंग हिंसा भनेको सुन्नु परेको छ । संसद्मा पनि हिंसाको सुगा रटाइ गरिरहेका छन् । अहिले आएर जनयुद्धलाई हिंसा भनिएकोमा खेद व्यक्त गर्छु,’ बस्नेतले संसद्मा भनिन्, ‘भनिरहने छु, महान् जनयुद्ध जिन्दाबाद, जिन्दाबाद । लाल सलाम ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार