बिहिवार, आश्विन १५ गते २०८३

पाँच दिनपछि बढ्यो शेयर बजार, ७ अर्ब २४ करोडको कारोबार

मंगलवार , माघ २९, २०८१

काठमाडौं । अघिल्ला पाँच कारोबार दिनसम्म लगातार झरेको सेयर बजार आज बढेको छ । अघिल्लो दिनको तुलनामा यस दिन नेप्से परिसूचक ६ दशमलव ५४ अङ्कले बढेर दुई हजार ६८३ दशमलव ८६ को विन्दुमा कायम भएको छ ।

आज कारोबार रकम पनि केही बढेको छ । अघिल्लो दिन ६ अर्ब ९६ करोडको कारोबार भएकोमा आज ७ अर्ब २४ करोडको भएको छ । १३४ कम्पनीको मूल्य बढ्दा ९८ को घटेको छ भने ११ को स्थिर रहेको छ । आज विकास बैंक सेक्टर सबैभन्दा धेरै २.३७ प्रतिशतले बढेको छ । हाइड्रोपावर १.५७, लगानी ०.४८ तथा उत्पादन ०.०१ प्रतिशतले बढेका छन् । व्यापार समूह सबैभन्दा धेरै १.०५ प्रतिशतले घटेका छन् । अन्य ०.०१, निर्जीवन बीमा ०.४३, माइक्रोफाइनान्स ०.०४, जीवन बीमा ०.०८, होटल तथा पर्यटन ०.४७, फाइनान्स ०.२९ तथा बैंकिङ ०.२० प्रतिशतले घटेका छन् ।

चार कम्पनीको मूल्य १० प्रतिशतले बडेको छ । १० प्रतिशत मूल्य बढेका कम्पनीमा सिक्लेस हाइड्रोपावर, भगवती हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर र गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स रहेका छन् । त्यस्तै सप्तकोशी विकास बैंकको ८.५, इमर्जिङ नेपालको ७.५ प्रतिशतले मूल्य बढेको छ । भूगोल इनर्जीको १० तथा उपकार लघुवित्तको मूल्य ८ प्रतिशतले घटेको छ ।

कारोबार रकमकाम आधारमा सीईडीबी होल्डिङ्स, न्यादी हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर र सप्तकोशी विकास बैंक क्रमशः अगाडि रहेका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार