काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज झिनो अंकको सुधार भएको छ । आज नेप्से १.८६ अंकले बढेर २ हजार ६ सय ८५ दशमलब ७३ विन्दुमा बन्द भएको हो । नेप्सेका अनुसार आज ८ अर्ब ७१ करोड ७८ लाख रुपैयाँको कारोबार भएको छ । १३४ कम्पनीको मूल्य बढ्दा ९९ को घटेको छ भने ११ को स्थिर रहेको छ ।
आज विकास बैंक, फाइनान्स र लगानी सेक्टरमा लगानीकर्ताको आकर्षण देखिएको छ । विकास बैंक १.३३, फाइनान्स १.५६ तथा लगानी १.२२ प्रतिशतले बढेका छन् । जीवन बीमा ०.४८ प्रतिशतले बढेका छन् । बैंकिङ ०.०९, होटल तथा पर्यटन ०.६३, हाइड्रोपावर ०.०४, उत्पादन ०.३१, माइक्रोफाइनान्स ०.११, निर्जीवन बीमा ०.०३, अन्य ०.४७ र व्यापार समूह ०.९१ प्रतिशतले घटेका छन् ।
गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढेको छ । रिभरफल्स पावरको ८.०२, न्यादी हाइड्रोपावरको ७.५९, ग्रीन डेभलपमेन्ट बैंकको ७.४६, सिन्धु विकास बैंकको ७.०८ तथा भूगोल इनर्जीको ७.०७ प्रतिशतले मूल्य बढेको छ । दुई कम्पनी उपकार लघुवित्त र सुपर मादी हाइड्रोपावरको मूल्य १० प्रतिशतले घटेको छ ।
रसुवागढी हाइड्रोपावरको ९.३ तथा बाराही हाइड्रोको ४.८ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, सीईडीबी होल्डिङ्स, रिभर फल्स पावर, न्यादी हाइड्रोपावर र सप्तकोशी विकास बैंक क्रमशः अगाडि रहेका छन् ।