आइतवार, श्रावण २४ गते २०८३

गल्ती एलिना या विष्णुको , प्रेम विवाह र मागी विवाहमा कुन राम्रो ?

बुधवार , माघ ३०, २०८१

काठमाडौँ । एलिनाको गल्ती या विष्णुको ? प्रेम विवाह राम्रो या मागी विवाह ? अहिले यी दुई प्रश्नको सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ ।

२०८१ बैसाख ५ गते गायीका एलिना चौहानले प्रेमी विष्णु सापकोटासँग विवाह गरेकी थिइन् । तर, विवाह गरेको १० महिना २३ दिनमा नै उनिहरुको सम्बन्धको अन्त्य भयो ।

अहिलेको परिस्थिति हेर्दा एलिनाले अब अर्को जुनीमासमेत विष्णुसँग विवाह गर्न इंकार गर्नेछिन् । विष्णु एलिनाको प्रेमी थिए । अस्ट्रेलिया गएका बेला विष्णु र एलिनाको भेट भएको थियो ।

पहिलो भेटमा नै उनीहरुको मन साटासाट भयो । र, केही समयमा विवाह पनि भयो । तर, प्रेम विवाहको अन्त्य पनि यति छोटो समयमा हुदो रहेछ भन्ने प्रश्न खडा भएको छ । एलिनाको आमा बुवाले विष्णुलाई मन पराएर जबरजस्ती विवाह गराइदिएको भए अर्कै कुरा हुन्थ्यो । आफैले रोजेको मान्छेबाट पनि यति छोटो समयमा घात हुदोरहेछ भन्दै धेरैले टिकाटिप्पणी गरिरहेका छन् ।

अब लागौँ अर्को प्रश्नतर्फ, एलिनाको गल्ती या विष्णुको ?

‘पत्नीका रुपमा अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेको छु’ एलिनाका यी शब्दले अहिले सबैको मन छोएको छ । यीनै शब्दबाट बुझ्न सकिन्छ की विष्णुको सम्पतिप्रति एलिनाको कुनै लोभलालच थिएन ।

उनले सम्पतिका लागि विष्णुसँग डिभोर्स गरेकी होइनन् । सम्पतिका लागि पनि डिभोर्स गर्ने कयौँ कलाकारहरु छन् । तर, एलिनाले सम्पतिका लागि नभइ विष्णुले दिएको यातनाबाट अलग हुने निर्णयमा पुगेको देखिन्छ ।

स्रोतका अनुसार विष्णु पहिला देखि नै प्रेमीका बनाउने फेरि धोका दिदैँ हिड्ने मान्छे हुन्। एलिना विवाहपछि विष्णुसँगै अष्ट्रेलिया गएकी थिइन । तर, पछि आफ्नो करियरका लागि उनी नेपाल फर्केर महोत्सवमा व्यस्त थिइन । एलिना अष्ट्रेलिया छदाँदेखि नै विष्णु अर्कैसँग सल्केको हल्ला पनि निकै हुने गरेको छ । त्यो कुरा भगवान र विष्णुलाई नै थाहा होला ।

तर, विष्णुले एलिनालाई निकै यातना दिएको कुरामा भने सत्यता छ । एलिनाले अष्ट्रेलियाबाटै निलडाम सहितको भिडियो सार्वजनिक गरेकी थिइन ।

विष्णु सुर्धिने आशमा एलिनाले सहेर बसिन्। तर, विष्णुको ताल उस्तै रहेपछि अन्तिममा अलग हुन बाध्य भइन् । अपवाद बाहेक कुनैपनि नारिले एक चोटी जोडेको सम्बन्ध त्यती सजिलै तोड्न सक्दैँनन् ।

एलिनाको जिवनमा घटेको जस्तो घटना कसैको जिवनमा पनि नघटोस् । त्यसकारण सक्नुहुन्छ भने विवाहपछि अर्काकी छोरीलाई खुसीसाथ राख्नुहोस् यदि सक्नुहुन्न भने विवाह नै नगर्दा राम्रो हुन्छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार