आइतवार, श्रावण २४ गते २०८३

धुर्मुस ६ वर्षपछि चर्चित हास्य श्रृंखला ‘मेरि बास्सै’ मा किन फर्किए ?

बिहिवार , फाल्गुण १, २०८१

काठमाडौं । कलाकार सीताराम कट्टेल (धुर्मुस) चर्चित हास्य श्रृंखला ‘मेरि बास्सै’ मा फर्किएका छन् । फिल्म ‘लाज शरणम्’ को प्रमोसनका लागि उनी ६ वर्षपछि ‘मेरि बास्सै’ को सेटमा पुगेका हुन् ।

कट्टेल ‘मेरि बास्सै’ बाटै उदाएका कलाकार हुन् । यसै टेलिसिरियलबाट उनी धुर्मुस क्यारेक्टरबाट चिनिएका थिए । सीताराम आगामी साताको एपिसोडमा देखिनेछन् । आफू ६ वर्षपछि ‘मेरि बास्सै’ मा देखिन लागेकोमा धुर्मुस स्वयमले जानकारी दिएका हुन् । सुटिङको तस्विरहरु राख्दै उनले खुसी व्यक्त गरेका छन् । तस्विरमा उनलाई पहिलाकै धुर्मुसको भूमिकामा देख्न सकिन्छ । 

फागुन १४ गतेबाट रिलिज हुने ‘लाज शरणम्’ मा कट्टेल मुख्य भूमिकामा रहेका छन् । केही समयअघि सार्वजनिक भएको उनको लुकले निकै चर्चा पाइरहेको छ । चर्चित टेलिसिरियल सक्किगोनी टिमले बनाएको यस फिल्ममा कुमार कट्टेल (जिग्री) को लेखन र निर्देशन रहेको छ ।

यस फिल्ममा सीताराम, कुमारसहित अर्जुन घिमिरे, सागर लम्साल, हरिश निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय रहेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार