बिहिवार, आश्विन १५ गते २०८३

७ अंकले घट्यो नेप्से, ७ अर्ब ९२ करोडको कारोबार

बिहिवार , फाल्गुण १, २०८१

काठमाडौं । साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक घटेको छ । नेप्से ७.२६ अंकले घटेर २६७८.४७ विन्दुमा बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बजार परिसूचक ७.२६ अंकले घटेर २६७८.४७ विन्दुमा पुगेको छ । 

बिहीबार सूचकसँगै कारोबार रकम समेत घटेको छ । गत कारोबार दिन अर्थात बुधबार आठ अर्ब ७१ करोडको कारोबार भएकोमा आज सात अर्ब ९२ करोडको सेयर कारोबार भएको छ । आजको कारोबारमा ७६ वटा सेयरको मूल्य बढेको छ भने १६२ वटाको मूल्य घटेको र ६ वटाको अघिल्लो मूल्यमै कारोबार भइरहेको छ । लगानीकर्ताले आज एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ३४ करोडको कारोबार गरेका छन् । यो कम्पनीको प्रतिकित्ता मूल्य १ हजार ४१५ रुपैयाँ रहेको छ । 

त्यस्तै दोस्रो ठूलो कारोबार सीएचडीसीको भएको छ । यस कम्पनीको आज २६ करोड बढीको कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता मूल्य २ हजार १७५ रुपैयाँ रहेको छ । यसबाहेक राधी जलविद्युतको २० करोड, सिन्धु विकास बैंक र सीएफसीएलको समान १९ करोडको कारोबार भएको छ । आज दुईवटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । जसअनुसार मातृभूमि लघुवित्त र कुमारी सबल योजनाको सेयर १० प्रतिशतले बढ्दा लगानीकर्ताले प्रतिकित्ता १२८ र ०.८८ रुपैयाँ आम्दानी गरेका छन् ।

त्यसैगरी गार्डियन माइक्रोलाइफ र पोखरा फाइनान्सका लगानीकर्ताले पनि आज ९ प्रतिशत बढी प्रतिसेयर आम्दानी गरेका छन् । तर आज ङादी पावर लिमिटेडका लगानीकर्ताले भने १० प्रतिशत गुमाएका छन् । यसबाहेक अन्य लगानीकर्ताले अधिकतम ४.९० प्रतिशतसम्म मात्र गुमाएका छन् । आज  फाइनान्स समूह १.८८, माइक्रोफाइनान्स ०.१७ प्रतिशतले बढेका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार