काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको मूल्य बढेको छ । अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला दुई हजार तीन सय रूपैयाँ बढेको सुनको मूल्य शुक्रबार प्रतितोला चार सय रूपैयाँले बढेको हो ।
हिजो छापावाल सुन प्रतितोला एक लाख ६९ हजार आठ सय रूपैयाँमा कायम भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँले बढेको छ । हिजो चाँदी प्रतितोला एक हजार नौ सय ६५ रूपैयाँमा कायम भएको थियो । आज चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ७० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।