काठमाडौं । डोटीको छहरा झरना सुदुपश्चिमका आन्तरिक पर्यटकहरुको लागी आकर्षणको केन्द्र बन्दै गएको छ । डोटीको जोरायल गाउँपालिका-२ छतिवनमा रहेको झरना अहिले सुदुरपश्चिममा निकै लोकप्रिय बन्दै गइरहेको छ ।
दैनिक हजारौं मानिसहरू पुग्ने झरना हेर्न बाँके बर्दियाबाट समेत मानिसहरु जाने गरेका छन् । कोरोनाको जोखिम कायमै रहेपनि पनि मानिसको त्यसको व्यवास्ता गर्दै त्यहाँ पुग्ने गरेका छन् ।