बिहिवार, आश्विन १५ गते २०८३

बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पद : यी हुन् सर्टलिस्टमा पर्ने ५ जना

सोमवार , फाल्गुण ५, २०८१

काठमाडौँ । नेपाल बीमा प्राधिकरणको रिक्त सञ्चालक समितिको अध्यक्ष पदको लागि आवेदन दिने आवेदकहरू मध्ये ५ जना संक्षिप्त सूचीमा अटाएका छन् ।

सञ्चालक समितिको अध्यक्ष नियुक्तिको लागि नेपाल सरकार समक्ष नाम सिफारिस समितिको फागुन ४ को निर्णयअनुसार ५ जना संक्षिप्त सूचीमा अटाउन सफल भएका हुन् । 

संक्षिप्त सूचीमा पर्नेमा कमल प्रसाद रेग्मी, चिरञ्जीवी चापागाईँ, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझा रहेका छन् । उनीहरूलाई फागुन १० गते दिनको २ बजे सिंहदरबारस्थित अर्थ मन्त्रालयमा व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण र अन्तरवार्ताको लागि बोलाइएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार