बिहिवार, आश्विन १५ गते २०८३

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

मंगलवार , फाल्गुण ६, २०८१

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा ७०० रुपैयाँले वृद्धि भएको हो । 

महासंघका अनुसार आज छापावाल सुन तोलामा १ लाख ६९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार ७०० रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदी मंगलबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार