काठमाडौ । त्रिशूली वाङ्गमय प्रतिष्ठानको बाह्रौँ साधारण सभा सम्पन्न भएको छ ।
प्रतिष्ठानको बाह्रौँ साधारण सभाले आगामी दुई बर्षका सर्वसम्मत रूपमा नयाँ कार्य समिति चयन गरेको छ। कार्यसमितीको अध्यक्षमा आरएम डङ्गोल र उपाध्यक्षमा राजेन्द्रमान डङ्गोललाई चयन गरिएको हो।
त्यूतै महासचिवमा श्यामराज पाठक, सचिवमा राजेन्द्र घिमिरे सागर, तथा कोषाध्यक्षमा लक्ष्मी रूम्बालाई चयन गरिएको छ। त्यसैगरि सदस्यहरूमा पुरु लम्साल, भैरवी ढुङ्गाना, कृष्णकिसु न्यौपाने, प्रभाती किरण, सन्तोषी अधिकारी, बैरागी जेठा, उत्तम विचार भेटुवाल, पुरू बिमल, जया ओझा, जितेन्द्र सिह ठकुरी चयन गरिएको छ।
प्रतिष्ठानले नुवाकोटमा जन्मिएर काठमाडौंलगायत देशका विभिन्न भागलाई कर्मथलो बनाएका साहित्यकारहरुलाई समेटी विविध साहित्यिक गतिविधि सञ्चालन गर्दै आइरहेको छ ।
प्रतिष्ठानले विभिन्न संघ संस्थाहरूसँगको सहकार्यमा साहित्य यात्राहरु समेत आयोजना गर्ने गरेको छ।त्यसैगरी अर्धवार्षिक रूपमा साहित्यिक पत्रिका त्रिशूली त्रिवेणी प्रकाशन पनि गर्दै आइरहेको छ ।
प्रतिष्ठानका अध्यक्ष एवम् कवि आरएम डङ्गोलले पर्यटनका लागि साहित्य भन्ने मूल नाराका साथ २०६६ सालमा स्थापना भएको संस्थाले साहित्यिक यात्रा र सिर्जनात्मक गतिविधि गर्दै आएको उल्लेख गरे । उनले कोरोना जोखिमकाबीच पनि प्रतिष्ठानले देश विदेशमा रहेका नुवाकोटेली स्रष्टाहरूलाई समेटेर भर्चुअल कवि गोष्ठीसमेत गरेको बताए।