काठमाडौं । बुधबार सुन-चाँदीको मूल्य बढेको छ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ११ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा छापावाल सुनको मूल्य आज तोलामा ११ सय रुपैयाँले वृद्धि भएको हो । महासंघका अनुसार आज छापावाल सुन तोलामा १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख ६९ हजार ४ सय रुपैयाँ कायम भएको थियो ।
त्यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । मंगलबार चाँदीको मूल्य तोलामा १ हजार ९ सय ७० रुपैयाँ कायम भएको थियो । आज भने चाँदी तोलामा १ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।