आइतवार, श्रावण २४ गते २०८३

मह जोडीको अपिल- हामीविरुद्ध भ्रामक प्रचारबाजी भयो, विश्वास नगर्नुहोला

बिहिवार , फाल्गुण ८, २०८१

काठमाडौं । वरिष्ठ हास्यव्यंग्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले आफूहरुविरुद्ध सामाजिक सञ्जालमा चलिरहेको भ्रामक प्रचारबाजीको खण्डन गरेका छन् ।

दातृ निकायको सहयोगमा आफूहरूले बनाएका कार्यक्रमहरूमा कतै पनि हिन्दू धर्मलाई ठेस पुर्‍याउने काम नगरेको उनीहरूको प्रष्टीकरण छ ।

मह जोडीले अमेरिकी सहयोग नियोग युएसएडबाट अनुदान लिएर हिन्दू धर्मविरुद्ध कार्यक्रमहरू बनाएको भन्दै केही व्यक्तिहरूले सामाजिक सञ्जालमा व्यापक प्रचार गरिरहेका छन् । मदनकृष्ण र हरिवंश दुवैले एक ठाउँ बसेर आज यसको खण्डन गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार