बिहिवार, आश्विन १५ गते २०८३

सुनको मूल्यले पहिलाकै रेकर्ड कायम गर्यो

बिहिवार , फाल्गुण ८, २०८१

काठमाडौं । नेपाली बजारमा आज पनि सुन-चाँदीको मूल्य बढेको छ । गत सोमबारदेखि बढ्न थालेको सुनको मूल्यले आज पनि निरन्तरता पाएको छ ।

आज सुनको मूल्य तोलामा १ लाख ७१ हजार रुपैयाँ पुगेको छ । यो मूल्य यसअघि कात्तिक १५ गते बनेको सुनको मूल्यको रेकर्डसँग बराबरी रहेको छ । बुधबार प्रतितोला १ हजार १ सय रूपैयाँले बढेको सुनको मूल्य आज  प्रतितोला ५ सय रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७१ हजार रूपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाल सुन प्रतितोला १ लाख ७० हजार ५ सय रूपैयाँमा कायम भएको थियो ।

त्यसैगरी, अघिल्लो दिनको तुलनामा आज चाँदीको मूल्य १० रूपैयाँले बढेको छ । हिजो प्रतितोला १ हजार ९ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार नौ सय ९५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँले घटेको थियो । गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो । त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो । सरकारले भन्सारदर घटाएपछि मंसिर तेस्रो साता सुनचाँदीकै मूल्यमा उच्च गिरावट आएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार