काठमाडौं । साताको अन्तिम कारोबार दिन अर्थात बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेर बन्द भएको छ । आज नेप्से ३.१४ अंकले बढेर २ हजार ७ सय ४३ दशमलब ७४ विन्दुमा बन्द भएको छ । बजारमा कारोबार रकम घटेको छ ।
नेप्सेका अनुसार हिजो १० अर्ब ४३ करोडको कारोबार भएकोमा आज ८ अर्ब ६२ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ । ८१ कम्पनीको मूल्य बढ्दा १५८ को घटेको छ भने ५ को स्थिर रहेको छ । आज जीवन बीमामा आकर्षण देखिएको छ । उक्त सेक्टर २.४२ प्रतिशतले बढेको छ । विशाल बजार कम्पनीको मूल्य बढ्दा व्यापार समूह सबैभन्दा धेरै ३.७७ प्रतिशतले बढेको छ । निर्जीवन बीमा ०.६४, अन्य ०.५७ प्रतिशतले बढेका छन् । घटेका सेक्टरको गिरावट दर १ प्रतिशतभन्दा न्यून रहेको छ ।
बैंकिङ ०.५५, विकास बैंक ०.५२, फाइनान्स ०.१७, होटल तथा पर्यटन ०.३१, हाइड्रोपावर ०.७५, लगानी ०.३७, उत्पादन ०.८१, माइक्रोफाइनान्स ०.३० प्रतिशतले घटेका छन् । गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढेको छ । विन नेपाल लघुवित्तको ९.६९, अपरहेवाखोलाको ९.१४, लक्ष्मी लघुवित्तको ८.२१ तथा उपकार लघुवित्तको ८.१ प्रतिशतले मूल्य बढेको छ । बाराही हाइड्रोपावरको ८.३५, भूगोल इनर्जीको ५.७८ तथा दिव्यश्वरी हाइड्रोपावरको ४.१२ प्रतिशतले मूल्य घटेको छ ।
कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी, हिमालयन रिइन्स्योरेन्स, सीईडीबी होल्डिङ्स, एनआरएन इन्फ्रास्ट्रक्चर र नारायणी डेभलपमेन्ट बैंक अगाडि रहेका छन् ।