बिहिवार, आश्विन १५ गते २०८३

सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

शुक्रवार , फाल्गुण ९, २०८१

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख ७१ हजार रुपैयाँ पुगेको छापावाल सुनको मूल्य आज घटेर प्रतितोला १ लाख ७० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै हिजोको तुलनामा चाँदीको मूल्य आज ५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि बिहीबार चाँदीको मूल्य तोलामा १ हजार ९ सय ९५ रुपैयाँ कायम भएको थियो । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार