आइतवार, श्रावण २४ गते २०८३

सार्वजनिक भयो, फिल्म ‘११ : ५५’ को पहिलो गीत ‘रोक्ने छैन’

शुक्रवार , फाल्गुण ९, २०८१

काठमाडौं । केशव पाण्डेको डेव्यु निर्देशनमा निर्माण भएको फिल्म ‘११ : ५५’ (डु नट ट्रस्ट एनिवन) को पहिलो गीत सार्वजनिक भएको छ ।

आज सार्वजनिक भएको गीत ‘रोक्ने छैन’ मा अल्मोडा राणा उप्रेतीको शब्द, सङ्गीत र स्वर रहेको छ । उक्त गीतमा सुमन परियारको स्वर रहेको छ । यसमा अल्मोडा आफैँले एरेञ्ज गरेका हुन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ र डेव्यु अभिनेता सागर खनाल फिचर्ड रहेका छन् । फिल्ममा एमएस अग्रज, बुद्धि तामाङ, विशाल पहारीको पनि अभिनय देख्न सकिनेछ । क्राइम थ्रिलर जनरामा निर्माण भएको फिल्मको लेखनमा डेव्यु निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीले साथ दिएका छन् ।

अलल्मोडा राना उप्रेतीको सङ्गीत, देव महर्जनको द्वन्द्व निर्देशन, राजेन्द्र मोक्तानको कलर, शैलेश श्रेष्ठको साउन्ड डिजाइन तथा मिक्सिङ, प्रद्युमन मिश्रको डीओपी, रामशरण उप्रेतीको सिनेमाटोग्रफी, पासाङ दावा शेर्पाको सम्पादन र सुवास राज काफ्ले फिल्ममा प्रोडक्सन डिजाइनरको रूपमा रहेका छन् ।

विचित्र फिल्मस् र गुड जब आर्ट्सको ब्यानरमा निर्माण भएको सिनेमामा श्याम शर्मा र सरोजा शर्माको लगानी रहेको छ । सिनेमाका कार्यकारी निर्माता एमएस अग्रज हुन् । फिल्मलाई कुवेर सिने डिष्ट्रीब्युसन प्रालिले वितरण गर्ने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार