काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन अर्थात शुक्रबार सुनको मूल्य तोलामा १ लाख ७० हजार कायम भएको थियो । आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै चाँदीको मूल्य भने आज घटेको छ । शुक्रबार तोलामा १ हजार ९ सय ९० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज घटेर तोलामा १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।