काठमाडौं । सेयरबजार आइतबार ११.६६ अंकले बढेको छ । सोसँगै २७५५.४० विन्दुमा नेप्से पुगेको छ । पहिलो दिन उत्साहजनक कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
आज ११ अर्ब ५४ करोडको सेयर कारोबार भएको छ । अघिल्लो दिन ८ अर्ब ६२ करोडको कारोबार भएको थियो । माघ २१ गतेयता ११ अर्ब बढीको कारोबार भएको यो नै पहिलोपटक हो । आज लगानीकर्ताहरुले २ करोड १२ लाख कित्ता सेयर बिक्री गरेका छन् । यस दिन ९१ वटा सेयरको मूल्य बढ्दा १४८ वटाको भने घटेको छ । त्यसैगरी ४ वटाको भने अघिल्लो मूल्यमै कारोबार भएको छ ।
अन्य सेक्टर सबैभन्दा धेरै ३.७ प्रतिशतले बढेका छन् । त्यस्तै लगानी १.३३, उत्पादन २.७८, जीवन बीमा ०.८६, निर्जीवन बीमा ०.१३ र बैंकिङ ०.०३ प्रतिशतले बढेका छन् । विकास बैंक ०.४८, फाइनान्स ०.४५, होटल तथा पर्यटन ०.५०, हाइड्रोपावर ०.५६, माइक्रोफाइनान्स ०.६६ र व्यापार समूह १.३२ प्रतिशतले घटेका छन् । गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढेको छ ।
छ्याङ्दी हाइड्रोपावरको ८.०२, बोटलर्स नेपाल बालाजुको ७.२९, नेपाल पुनर्बीमाको ७.०५, विन नेपाल लघुवित्तको ६.३, घलेम्दी हाइड्रोपावरको ५.८ तथा हिमालयन रिको ५.१ प्रतिशत मूल्य बढेको छ । रिलायन्स फाइनान्सको ७.२, उपकार लघुवित्तको ६.७, पिपुल्स हाइड्रोपावरको ६ प्रतिशतले मूल्य घटेको छ ।
कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर र सीईडीबी होल्डिङ्स अगाडि छन् ।