आइतवार, कार्तिक ९ गते २०८३

महाकालीमा खसेका धामीको शव अझै फेला परेन, ड्रोन प्रयोग गरी खोज्ने तयारी

सोमवार , श्रावण २५, २०७८

काठमाडौं । दार्चुलास्थित महाकालीमातुइन तर्ने क्रममा खसेर वेपत्ता भएका जयसिंह धाकीको शब अझै फेला परेकोछैन । सुरक्षा निकायले महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको शव खोजी जारी राखेका छन् ।

नेपालतिर सशस्त्र प्रहरी बल र नेपाल प्रहरी तथा भारततर्फ भारतीय एसएसबीले नदी छेउछाउ खोजी जारी राखेका हुन् । यही साउन १५ गते तुइनबाट नदी तर्ने क्रममा तुइन एसएसबीका जवानले निकालीदिँदा उनि महाकालीको भेलमा वेपत्ता भएका हुन् ।

सुरक्षाकर्मीले व्याँस गाउँपालिका-२ मालदेखि महाकाली नगरपालिकाको खलङ्गा क्षेत्रसम्म निरन्तर खोजी जारी राखेका छन् । सो घटनाबारे सरकारद्वारा गठित छानबिन समितिले एक पटक ड्रोन क्यामरामार्फत शव खोजी गर्ने जनाएको छ ।

साउन १९ गते खलङ्गा पुगेको छानबिन समिति अहिले पनि दार्चुलामै छ । समितिका संयोजक एवं गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमले ड्रोन मार्फत धामीको शव खोजी गरिने बताए । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार